काङ्ग्रेस महाधिवेशन प्रतिनिधिमा मेयर फागोको सर्वाधिक मत, को–को भए विजयी ?

नेपाली कांग्रेस मोरङ क्षेत्र नं: १ बाट सर्वाधिक मतका साथ उर्लाबारी नगरपालिकाका मेयर तथा निर्वतमान क्षेत्रीय सभापति खड्ग फागो केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छ्न्।

आज विहान सम्पन्न मतगणनाअनुसार फागोले ५ सय २२ मत ल्याएर विजयी भए। ६ सय ५९ मतदाता रहेको मोरङ क्षेत्र नं : १ मा ६ सय ३४ मत खसेको थियो। फागो पुनः क्षेत्रीय सभापतिमा उठ्ने चर्चा चलेपछि केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बनेपछि कार्यकर्ता आश्चर्यमा परेका थिए।

मोरङ सभापति डिगबहादुर लिम्बूले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ४ सय ८९ मत ल्याएर दोस्रो हुँदै विजयी भए भने २ सय ८४ मतका साथ अर्जुन तुम्रोक तेस्रो स्थानमा रहँदै विजयी भए।

त्यस्तै, खड्ग बहादुर श्रेष्ठ साने २ सय ५९ मतका साथ चौथो स्थानमा रहे। त्यस्तै, केराबारी गाउँपािलका अध्यक्ष रोहितबहादुर कार्कीले २ सय ४६ पाँचौं, ललित अधिकारी २ सय ३८ छैठौं, इन्द्रबहादुर लिम्बू २ सय २३ सातौं, चिञ्जिबी थापा १ सय ७६ आठौं, रामप्रसाद पोख्रेल १ सय ५७ नवौं र रंगलाल तामाङ दशौं स्थानमा रहेर विजयी भएका छ्न।

खस आर्य महिलातर्फ आरतीदेवी पोख्रेल २ सय ८ मत ल्याउँदै विजयी बनिन भने उनकी प्रतिष्पर्धी दिब्यादेवी बस्नेतले १ सय ९१ मत ल्याइन। त्यस्तै, खस आर्य खुल्ला तर्फबाट मातृकाप्रसाद न्यौपाने १ सय ८० र विजयकुमार कार्की १ सय ५० मत ल्याउँदै विजयी बने।

उनका प्रतिपष्र्धी ज्ञानेन्द्र ढकालले १ सय ४२, थिरप्रसाद फुयलले ९७, होमबहादुर भण्डारीले ७१ र हेमसागर नेपालले ५२ मत ल्याए। त्यस्तै, आदिबासी जनताति महिलातर्फ बानु सुब्बा २ सय ३४, ताराकुमारी राई २ सय १६ र जानुकादेवी राई २ सय ४ मत ल्याएर विजयी भए। उनका प्रतिष्पर्धी दुर्गावति लिम्बूले २ सय १ र शोभितमाया तामाङले १ सय ७७ मत प्राप्त गरे। आदिबासी जनजाति खुल्लामा देवराज चाम्लिङ ३ सय २७ र दिपेन्द्र धिमाल २ सय ९९ मतका साथ विजयी भए।

त्यस्तै, समावेसी दलिततर्फ सितादेवी विश्वकर्मा १ सय ७८ मतका साथ विजयी भए । समावेशी अपाङ्गमा कुमार कँडेल राजन निर्बिरोध निर्वाचित भए। महिला खुल्लातर्फ शोभा चेम्जोङ पालुङ्वा ३ सय ६४ मत, सीता कार्की २ सय १८ मत, उषा राई १ सय ९८ र गोमा नेपाल सापकोटा १ सय ८६ मतका साथ विजयी भएका छ्न।

प्रकाशित मिति: : 2021-11-24 18:19:00

प्रतिकृया दिनुहोस्