बिएल संवाददाता
नेपाली कांग्रेस मोरङ क्षेत्र नं: १ बाट सर्वाधिक मतका साथ उर्लाबारी नगरपालिकाका मेयर तथा निर्वतमान क्षेत्रीय सभापति खड्ग फागो केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छ्न्।
आज विहान सम्पन्न मतगणनाअनुसार फागोले ५ सय २२ मत ल्याएर विजयी भए। ६ सय ५९ मतदाता रहेको मोरङ क्षेत्र नं : १ मा ६ सय ३४ मत खसेको थियो। फागो पुनः क्षेत्रीय सभापतिमा उठ्ने चर्चा चलेपछि केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बनेपछि कार्यकर्ता आश्चर्यमा परेका थिए।
मोरङ सभापति डिगबहादुर लिम्बूले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ४ सय ८९ मत ल्याएर दोस्रो हुँदै विजयी भए भने २ सय ८४ मतका साथ अर्जुन तुम्रोक तेस्रो स्थानमा रहँदै विजयी भए।
त्यस्तै, खड्ग बहादुर श्रेष्ठ साने २ सय ५९ मतका साथ चौथो स्थानमा रहे। त्यस्तै, केराबारी गाउँपािलका अध्यक्ष रोहितबहादुर कार्कीले २ सय ४६ पाँचौं, ललित अधिकारी २ सय ३८ छैठौं, इन्द्रबहादुर लिम्बू २ सय २३ सातौं, चिञ्जिबी थापा १ सय ७६ आठौं, रामप्रसाद पोख्रेल १ सय ५७ नवौं र रंगलाल तामाङ दशौं स्थानमा रहेर विजयी भएका छ्न।
खस आर्य महिलातर्फ आरतीदेवी पोख्रेल २ सय ८ मत ल्याउँदै विजयी बनिन भने उनकी प्रतिष्पर्धी दिब्यादेवी बस्नेतले १ सय ९१ मत ल्याइन। त्यस्तै, खस आर्य खुल्ला तर्फबाट मातृकाप्रसाद न्यौपाने १ सय ८० र विजयकुमार कार्की १ सय ५० मत ल्याउँदै विजयी बने।
उनका प्रतिपष्र्धी ज्ञानेन्द्र ढकालले १ सय ४२, थिरप्रसाद फुयलले ९७, होमबहादुर भण्डारीले ७१ र हेमसागर नेपालले ५२ मत ल्याए। त्यस्तै, आदिबासी जनताति महिलातर्फ बानु सुब्बा २ सय ३४, ताराकुमारी राई २ सय १६ र जानुकादेवी राई २ सय ४ मत ल्याएर विजयी भए। उनका प्रतिष्पर्धी दुर्गावति लिम्बूले २ सय १ र शोभितमाया तामाङले १ सय ७७ मत प्राप्त गरे। आदिबासी जनजाति खुल्लामा देवराज चाम्लिङ ३ सय २७ र दिपेन्द्र धिमाल २ सय ९९ मतका साथ विजयी भए।
त्यस्तै, समावेसी दलिततर्फ सितादेवी विश्वकर्मा १ सय ७८ मतका साथ विजयी भए । समावेशी अपाङ्गमा कुमार कँडेल राजन निर्बिरोध निर्वाचित भए। महिला खुल्लातर्फ शोभा चेम्जोङ पालुङ्वा ३ सय ६४ मत, सीता कार्की २ सय १८ मत, उषा राई १ सय ९८ र गोमा नेपाल सापकोटा १ सय ८६ मतका साथ विजयी भएका छ्न।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया