शिक्षकले विद्यार्थीको भविष्यमा योगदान गर्ने कि पार्टीको?

सेतोपाटी

भानुभक्त

पाँचथरको हिलिहाङ गाउँपालिका-४ को सिद्ध माध्यमिक विद्यालयमा  भगिश्वर योङहाङ प्रधानाध्यापक थिए। गत शनिबार भएको कांग्रेसको प्रदेश सभा अधिवेशनमा उनी प्रदेश ‘क’को क्षेत्रीय सभापतिमा निर्वाचित भए।

शिक्षक हुँदाहुँदै राजनीतिक दलको पदाधिकारी बन्ने योङहाङ प्रतिनिधि पात्र हुन्। महाधिवेशन प्रक्रियामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेलगायत दलहरूले दर्जनौं शिक्षक/प्राध्यापकलाई वडा तहदेखि महाधिवेशन प्रतिनिधिसम्म बनाएका छन्।

कानुनविपरीत शिक्षक/प्राध्यापक र कर्मचारी राजनीतिमा होमिएपछि निर्वाचन आयोगले मंगलबार सरकारी शिक्षक, प्राध्यापक र कर्मचारी पार्टी पदाधिकारी भए राजनीतिक दलको विवरण अद्यावधिक गर्दा उनीहरूको नाम हटाइदिने निर्णय गरेको छ।  

आयोगको निर्णयबारे बुधबार बिहान प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाबीच कुराकानी भयो।

प्रकाशित मिति: : 2021-11-24 19:14:00

प्रतिकृया दिनुहोस्