अन्नपूर्ण पोष्ट
मुलुकका दुई ठूला पार्टी एमाले र कांग्रेस महाधिवेशनको चटारोमा छन्। तर, ती पार्टीका कुनै पनि नेत्रीहरूले खुलेर पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका छैनन्। १५ सदस्यीय एमाले पदाधिकारीमा जम्मा एक जना नेत्री छन्। नवौं महाधिवेशनबाट अष्टलक्ष्मी शाक्य र विद्यादेवी भण्डारी उपाध्यक्षमा निर्वाचित भए। भण्डारी राष्ट्रपति बनेपछि पदाधिकारीमा शाक्य एक्लो महिला नेता बनिन्।
सत्तासीन कांग्रेस पदाधिकारीमा पनि महिलाको उपस्थिति दयनीय नै छ। ९ सदस्यीय पदाधिकारीमा एक्लो सीतादेवी यादव कोषाध्यक्ष छिन्। दुवै दल महाधिवेशनमा होमिदासमेत पदाधिकारीमा महिला उपस्थिति बढाउनेबारे बोलेका छैनन्। ३३ प्रतिशत महिलाको कुरा त उठाएका छन्। व्यवहारमा कार्यान्वयन गर्न भने दलहरू अनुदार बन्दै आएका छन्।
एमाले उपाध्यक्ष शाक्य लोकतान्त्रिक आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण भएकाले ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने बताउँछिन्। ‘महिलाको सहभागिता बिना पार्टी अगाडि बढ्न सक्दैन,’ शाक्यले अन्नपूर्णसँग भनिन्, ‘लोकतन्त्र ल्याउन महिलाको पनि योगदान महत्वपूर्ण छ। आन्दोलनमा सहभागीचाहिँ गराउने पद दिन कञ्जुस्याइँ गर्न मिल्दैन।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया