नेपालको जुरिच अर्थात् जिरीमा तीन दिन रमाउँदा

Breaknlinks
Breaknlinks

कात्तिक महिनाको साँझ। फोन मोबाइलको घण्टी बज्यो। उठाएँ। उठाउनेबितिक्कै साथीले आकर्षक 'अफर' गरिन्, 'जिरी जान्छौँ ?'

'नेपालको स्वीजरल्याण्डु भनिने जिरी। सगरमाथाको मूलढोका जिरीको नाम त धेरैपटक सुनेको थिएँ। सुन्दरताबारे सुनेकी मलाई जिरी जाने इच्छा नहुने कुरै थिएन। यसअघि अवसर नजुरेकोले त्यो अवसरबाट बञ्चित थिएँ। प्रस्ताव सुन्नेबित्तिकै उत्साहित हुँदै सोधेँ, 'कति दिनको लागि जानेरु को–को जाने ?'

जवाफ आयो– तीन दिनमा काठमाडौं आइपुग्ने। मैले तत्कालै जान सहमति जनाएँ। अफिसबाटै प्रस्ताव आएकाले घरमा सोध्नेबाहेक मसँग अरु केही पनि मिलाउनुपर्ने अवस्था थिएन। भलै स्वीट्जरल्याण्डको पर्यटकीय नगरी जुरिच पुग्न नपाए पनि नेपालकै जुरिच पुग्ने अवसर छाड्न चाहिनँ। छिटो–छिटो घर पुगेँ। अनि झोलामा लुगा हाल्न थालेँ।

पहिलो दिन: काठमाडौँ–जिरी

कात्तिक १४ गते। घडीमा बिहानको चार हान्दै थियो, मेरा आँखा खुले। अनि हतपत्त उठेर हातमुख धुए। मिर्मिरेको उज्यालोसँगै चराचुरुङ्गीहरु पनि भर्खर उठ्दै थिए। रुखका बोट र बाँसघारीमा चिरबिराउँदै थिए।

म सखारै घरबाट निस्किएँ– बानेश्वरस्थित शंखमूल टावरका लागि। जहाँ सबै जना भेला हुने योजना थियो। म पुग्दा बिहान ६ बज्यो। केही साथीहरु आइसकेका थिए भने कोही आउँदै थिए। म पनि सबैको उपस्थितिको प्रतीक्षामा उभिइरहेकी थिए।

‘उजामा’ क्याफेमा सुरेन्द्र राना ‘घुमफिरे’ देखिनुभो। उहाँ मेरा पूर्वपरिचित अग्रज हुनुहुन्थ्यो। म र उहाँ दुवैको नाता ‘बिएल मिडियाु सँग थियो। उहाँलाई देख्नसाथ म पनि क्याफेतिर लागेँ। अनि सरसँग गफिँदै चिया पिउन थाले। उहाँले प्रेरित गर्नुभो– नेपालको जुरिच अर्थात् जिरी गएर राम्रो स्टोरी लेख्नुपर्छ भन्दै। त्यत्तिकैमा साथीहरुले बोलाउनुयो’– अब यात्रा सुरु हुन्छ है’

सुन्दर जिरीका मनमाेहक दृश्यहरू (फाेटाे फिचर)

क्याफेबाहिर ३ वटा स्कोर्पियो तयार थियो। जसले हामीलाई जिरी लैजाँदै थियो। बिहान ७ बजे २१ जनाको टोली जिरीका लागि छुट्यौँ– हाम्रो जिरी ।यात्रा सुरु भयो। जिरी पुग्नका लागि पहिलो स्टेप थियो– काभ्रे जिल्लाको खाँबाडाँडा। हामीले त्यहीँ चिया नास्ता गर्‍यौँ। अनि पाँचखाल, दोलालघाट–खाडीचौर हुँदै मुडेतर्फ लाग्यौँ। करिब पाँच घण्टाको लामो यात्रापछि हामी मुडे पुग्यौँ जो कुहिरोको घुम्टोभित्र लुकेको थियो। चीसो मौसम, फुस्फुसे कुहिरो, आहा !

मनमा कौतुहल थियो– बाटो त यति आन्नदित छ, जिरी कति सुन्दर होला। मेरो मनभित्र खुल्दुली थियो– कतिखेर जिरी पुग्यौँ ! गाडीको चक्कासगैँ मेरा सोचहरु पनि दौडिरहेका थिए। मेरो हतारो यस्तो थियो– मिल्ने भए छिटो पुग्न गुडिरहेको बसभित्र पनि म एक्लै कुदिरहेकी हुन्थेँ।

केहीँ घण्टाको यस्तै व्यग्रतापछि हामी पुग्यौँ– सुन्दर, स्नीग्ध र शितल जिरी। हामी महिला सञ्चारकर्मीहरुका लागि होटल ग्राबिल्लामा बस्ने व्यवस्था मिलाइएको रहेछ। गाडीको लामो यात्राका कारण सबैले खानपिन गर्ने अनि सुत्ने निर्णय गर्‍यौँ। मेरो कोठामा बस्ने साथी हुन्नुन्थ्यो– दिदी फुर्पा शेर्पा।

दोस्रो दिन

कार्तिक १५ गते सोमबार बिहान ६ बजे निन्द्राबाट ब्युझिँए। दिदी उठिसक्नुभएछ। अनि कोठा बाहिर निस्किदैँ बाकीँ साथीहरुलाई भेट्यौँ। अनि जिरी बजार घुम्नतर्फ लाग्यौँ।

त्यहीँबाट जिरेश्वर महादेव मन्दिर जाने कुरा भयो। हरियो जंगल र चिसो हावासँग खेल्दै उकालो चढ्दै हामी अग्लो ढुंगाको गुफाभित्र त्रिशुलै त्रिशुलले भरिएको मन्दिर अर्थात् जिरेश्वर महादेव मन्दिर पुग्यौँ। पहाडबाट झरिरहेको झरना अनि अविरल बगिरहेको खोलाको दृष्य। मनै शितल बनाउने यो दृश्य मन्दिरबाट देखिन्थ्यो।

कोही फोटो खिच्नमा व्यस्त थिए त कोही गफिनमा मस्त। म भने ठाउँलाई नियाल्दै मग्न भएँ। मलाई एक किसिमको त्यहाँ सुकुन मिलिरहेको थियो। केही घण्टा बसिसकेपछि हामी पुनः होटल फर्कियौँ। जहाँ खाजाका लागि फापरको रोटी, आलु–चनाको तरकारी साथमा शुद्ध मह थियो।

खानपिनपछि हामी घुम्नका लागि 'गाई फार्मु निस्कियौँ। जहाँको दृश्य थियो गजव। त्यसपछि हामी २,३८४ मिटर उचाइमा रहेको बुद्ध पार्क जाने भयौँ। जहाँबाट सबै दृश्य छर्लङ्ग देखिने रहेछ। हुस्सु लागेको थियो। जाडोले भने सीमा नै नाघेको थियो। केही क्षणको बसाइपछि हामी होटल फर्किन थाल्यौँ।

तेस्रो दिन

कार्तिक १६ गते मंगलबार । बिहान ७ बजे होटलको ‘डाइनिङ रूम’ मा हामी सबै भेला भयौं। दुई दिनसँगै बिताएका हामीमध्ये धेरै जनाबीच कुरा भएको थिएन। त्यसैले सबै जनाले एकअर्कासँग आफनो परिचय साटासाट गर्न थाल्यौँ–खाजा खाँदै।

खाजा खाइसकेपछि हामीलाई होटलका सञ्चालक केशर जिरेलले खादा ओडाउदैँ बिदा दिन थाल्नुभयो। अनि भन्न सुरु गर्नुभयो, ‘आउँदै गर्नुहोला है, माया नमार्नु !’  उहाँले त्यसो भन्दै गर्दा मेरो मनले भने भनिरहेको थियो, ‘तिमीलाई भेट्न फेरि पनि आउने छु, जिरी !’ 

प्रकाशित मिति: : 2021-11-27 07:44:00

प्रतिकृया दिनुहोस्

    धेरै राम्रो ।।

    • 2 बर्ष अगाडि
    • Raveen Ido