युभेन्ट्सको पोष्टमा चेल्सीको चार गोल, समूहकाे शीर्ष स्थानमा उक्लियाे

Photograph: Tom Jenkins/The Guardian
Photograph: Tom Jenkins/The Guardian

इटाली सिरी ए को महारथी क्लब युभेन्ट्सलाई ४ गोल गर्दै  इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको समूह ‘एच’ मा शीर्ष स्थानमा उक्लिएको छ।

मंगलबार राति भएको खेलमा घरेलु टोली चेल्सीले युभेन्ट्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो। चेल्सीको सहज जितमा ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले १/१ गोल गरे।

लियोनार्दाे बोनुचीको कप्तानीमा मैदान उत्रिएको युभेन्ट्सले पहिलो हाफमा १ गोल ब्यहोर्दा दोस्रो हाफमा ३ गोल ब्यहोरकेो थियो। 

समूह 'एच'बाट दुबै टोली यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेका छन्। जितपछि चेल्सी शीर्ष स्थानमा फर्कियो। 

समूह 'एच'कै अर्काे खेलमा माल्मो र जेनिथले १–१ गोलको बराबरी खेले। 

समूह ‘एच’मा ५ खेलबाट समान १२ अंक भएपनि हेट टु हेटका आधारमा चेल्सीले युभेन्ट्सलाई पछि पारेको छ। जेनिटको ४ अंक रहँदा माल्मोको १ अंक रहेको छ। 

प्रकाशित मिति: : 2021-11-24 07:32:00

प्रतिकृया दिनुहोस्