बुल्गेरियामा यात्रु बसमा आगो लाग्यो, ४६ जनाको जलेर मृत्यु

File Photo
File Photo

पश्चिम बुल्गेरियामा बस दुर्घटना हुँदा कम्तिमा ४६ जनाको जलेर मृत्यु भएको छ। राजधानी सोफियाबाट दक्षिण पश्चिमस्थित बोसनेक गाउँमा बस दुर्घटनामा परेको हो । दुर्घटनापछि बसमा आगो लागेको थियो। 

टर्कीको इस्तानबुलबाट उत्तरी मेसेडोनियाको राजधानी स्कोपजेतर्फ प्रस्थान गरेको बस बोसनेकमा दुर्घटनामा परेको थियो। मृत्यु हुनेमा बालबालिका पनि छन्। जलेर गम्भीर घाइते भएका ७ जनाको अस्पतालमा उपचार भइरहेको छ। 

उत्तरी म्यासेडोनियाका विदेशमन्त्री बुजार ओसमनीले बसमा साप्ताहिक बिदा मनाउन गएका व्यक्ति सवार रहेको जानाकारी दिएका छन्। बस दुर्घटना भएको स्थल ‘सील’ गरिएको छ। घटनास्थल पुगेका बुल्गेरियाका गृहमन्त्री बोक्यो रास्कोभले भने, ‘मृतक सबैको शरीर जलेको छ।’ 

दुर्घटनाबारे उत्तरी म्यासोडोनियाका प्रधानमन्त्री जोरान जाइभले बुल्गेरियाका प्रधानमन्त्रीसँग छलफल गरेको समाचार विवरणमा जनाइएको छ। 

दुर्घटनाबारे अनुसन्धान भइरहेको छ। 
 

प्रकाशित मिति: : 2021-11-23 12:22:00

प्रतिकृया दिनुहोस्