जुलाई ८, १८५३मा एक अमेरिकी जल सैनिक अधिकारी कमोडोर मेथ्यु पेरी चार अमेरिकी लडाकु पानी जहाजसहित इडो (टोकियो) खाडी नजिकको उरागा बन्दरगाहमा लङ्गुर हालेर बस्यो ।
पेरी अमेरिकी राष्ट्रपति मिल्लार्ड फिल्ल्मोरको पत्र लिएर आएका थिए ।
क्यालिफोर्निया अमेरिकी नियन्त्रणमा आएपछि ऊ प्रशान्त महासागर क्षेत्रको समेत मुलुक बनेको थियो ।
प्रशान्त क्षेत्रका मुलुकहरूसँग व्यापार प्रवर्द्धन गर्ने र सम्बन्ध विस्तारको क्रममा पेरी जापान आइपुगेका थिए ।
जापानका शासकहरू आफूलाई संसारको श्रेष्ठ र सर्वशक्तिमान जाती र मुलुक मान्दथे ।
जापानीहरू आफूलाई स्वर्गीय साम्राज्य मान्दथे,राजाहरू आफूलाई ईश्वरको प्रतिनिधि मान्दथे ।
तर कहिल्यै नदेखेको , नसुनेको पुत् पुत् धुँवा फाल्ने विशाल जाहाजहरू देखेर शासक समूह अताल्लिए र अमेरिकी हरूसँग उनीहरुकै शर्तमा सम्झौता गर्न राजी भए ।
जापानीहरूको मन रोयो ।
चित्त कटक्क काटियो ,फाट्यो, मुटु पोल्यो !