नेपाली कांग्रेसको १४ औं महाधिवेशन अर्न्तगत राेल्पामा भएको अधिवेशनमा प्रदेससभा (ख) को सभापति पदमा गाेपाल घर्तीमगर निर्वाचित भएका छन्।
२९२ २३३ मतसहित जिल्ला सभापति अमर पुन (पाैडेल–काेइराला) पक्षका उनी विजयी बनेका हुन्।
साेमबार बिहान सम्पन्न मत–परिणाम अनुसार उनका निकटतम प्रतिस्पर्धी दिलमन बुढाथाेकीले २२७ मत प्राप्त गरेका छन्। प्रदेससभा (ख) मा जम्मा ५२९ मत खसेको थियो। प्रदेससभा (ख) मा सभापतिसहित पूरै पदमा समूह नै निर्वाचित भएकाे छ।
बुढाथाेकी पूर्वजिल्ला सभापति कृष्णबहादुर घर्तीमगर (देउवा) पक्षको रुपमा चिनिन्छन्।
प्रदेससभा (ख) मा सभापतिसहित गाेपाल घर्तीमगरकाे समूह नै निर्वाचित भएकाे छ।