चीनले अफगानिस्तानलाई पठायो एक हजार टन सामग्री

globaltimes.cn

चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्री पठाएको छ।

चीनले पठाएको एक हजार टन मानवीय सहायताका सामग्री बोकेको एउटा रेल चीनको उत्तर-पश्चिम सिन्जियाङको उइगुर स्वायत्त क्षेत्रबाट अफानिस्तानतर्फ प्रस्थान गरेको छ। सो रेल १२ दिनभित्र अफगानिस्तानको मजार आइ सरिफ पुग्नेछ। 

चीनले पठाएका सामग्रीमा नान, पाउडर दुध, कटनका जुत्ता, लुगा र कम्मललगायत छन्। सन् २०२१ देखि चीन-अफगानिस्तान मालबहाक रेलले अहिलेसम्म अफगानिस्तानमा २६ हजार टन मानवीय सहायताका सामग्री पठाएको छ। 

चीनको विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबिनले दुई देशबीचको मालबहाक रेल निरन्तर सञ्चालनमा आएको भन्दै कृषि उत्पादनका सामग्री आयातनिर्यात भएको बताएका थिए। 

१५ अगस्टमा तालिवानले सत्ता हातमा लिएपछि अफगानिस्तानमा मानवीय संकट बढेको छ। चीनले अफगानिस्तानलाई २० करोड युयान बराबरको आपतकालीन सहयोग प्रदान गर्ने वचन दिएको छ।

प्रकाशित मिति: : 2021-11-22 05:41:00

प्रतिकृया दिनुहोस्