सुनको मूल्य ७ सय रुपैयाँ घट्यो

File Photo
File Photo

साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।

आज छापवाला सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९३ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार प्रतितोला छापावाला सुन ९४ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी १ हजार २६० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: : 2021-11-21 11:58:00

प्रतिकृया दिनुहोस्