म्यान्मारमा पूर्व र्‍यापर तथा आङ सान सुकीका शीर्ष सहयोगी पक्राउ

बिएल संवाददाता

रंगुन, म्यान्मार

सैन्य हिरासतमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीका एक शीर्ष सहयोगी तथा पूर्व र्‍यापर फ्यो जेयार थाउ (४०)लाई म्यान्मारकाे 'जुन्ता' सरकारले पक्राउ गरेकाे छ। सैनिकमाथि आक्रमण गरेको आरोपमा थाउलाई पक्राउ गरिएकाे 'जुन्ता' सर्मथक अधिकारीहरूले बताएका छन्।

नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीका निर्वाचित सांसदसमेत रहेका थाउ राजधानी नेपिदाेबाट सदनमा प्रतिनिधित्व गर्छन्। उनलाई बिहीबार दिउँसोतिर सैन्य नियन्त्रणमा लिइएकाे हाे। नेत्री सुकीका शीर्ष सहयोगी थाउलाई पक्राउ गर्न रंगुनस्थित दागोन सेइकनकाे अपार्टमेन्ट परिसरमा सयाैँ प्रहरीहरू पुगेकाे स्थानीयले जनाएका छन्।

सैनिककाे गिरफ्तारी परे–लगतै थाउकाे शरीरभरि चोटै–चाेट देखिएकाे प्रत्यक्षदर्शीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्। उनीमाथि अनेकाैँ आराेप थुपार्न सैन्य प्रतिनिधिहरूले हात–हतियारसहित पक्राउ गरिएकाे भ्रम फिजाइरहेका छन्।

गतहप्ता रंगुनकाे विभिन्न भागमा सैन्य 'कू'विरूद्ध गठित पीपुल्स् डिफेन्स फाेर्सका लडाकूहरूले 'नागरिक–हमला' गर्दा दर्जनाैँ सैनिक मारिएका थिए। साेहि घटनाकाे बदलाका लागि 'जुन्ता' सरकारले थाउलाई हिरासतमा लिएकाे बताइएकाे छ।

उनी आङ सान सुकीकाे सहयाेगीपूर्व म्यान्मारका चर्चित र्‍यापरहरू मध्ये एकमा गनिन्थे। सैन्य समूहले उनीमाथि आतंकवादी समूहहरूको निर्देशनमा युवाहरूलाई भर्ती गरेकाे र रंगुनमा हिंसा भड्काएकाे आरोप लगाएकाे छ।

प्रकाशित मिति: : 2021-11-20 06:24:00

प्रतिकृया दिनुहोस्