अमेरिकी संसदमा हुल दङ्गा गर्नेलाई ४१ महिनाको सजाय 

गत जनवरी ६ तारिखमा अमेरिकी संसद भवन (क्यापिटल हल) मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले गरेको हुल दङ्गामा संलग्न भएको अभियोगमा जेकब चान्सलेलाई ४१ महिनाको सश्रम काराबासको सजाय हुने भएको छ।

उक्त दिन चान्सलेलाई अच्चमलाग्दो लुगा र सिङ्घ भएको टोपीमा देखिएको थियो। नवनिर्वाचित राष्ट्रपतिको वैधानिक रुपमा पहिलो दिनको अवसरमा ठूलो संख्यामा आएका ट्रम्प समर्थक हुल्लडबाजहरुले आक्रमण गरेका थिए।

उक्त दिन एक सय ४० प्रहरी घाइते भएका थिए, जसको निकै ठूलो आलोचना भएको थियो।

निज आरोपी चान्सले डिप्रेसन र बाइपोलर डिसडर आमको मानसिक बिरामी भएको कारण उसलाई यत्रो सजाय दिन नहुने उनका वकील अल्बर्ट वाट्किसको अनुरोधलाई अदालतले अस्विकार गरेको थियो। निज चान्सले पहिले अमेरिकी सेनामा काम गरिसकेका पूर्व सैनिक हुन्।

प्रकाशित मिति: : 2021-11-19 16:10:00

प्रतिकृया दिनुहोस्