भुटानी भूमि कब्जा गरेर चिनियाँ बस्ती विकास, भारत थप त्रसित

भुटानले आफ्नाे र चीनले विवादित भूमि दाबी गर्दैआएकाे भुटान–चीन सीमाक्षेत्रकाे भुटानी भूभागमा चिनियाँ सैनिकले चारवटा बस्ती बसाएकाे एक अनुसन्धानकर्ताले खुलासा गरेका छन्।

भुटान–चीन सीमाक्षेत्र डोकलाम नजिकैकाे विवादित भूटानी–क्षेत्रमा चिनियाँ बस्तीहरू विकास भैसकेकाे उनकाे दाबी छ।

चिनियाँ सैन्य विकासमा विश्वव्यापी अनुसन्धान गरिरहेका ती व्यक्तिले सामाजिक सञ्जालमार्फत् भुटानी–भूमि कब्जा गरी चीनले बस्ती विकास गरेका केहीँ स्याटेलाइट तस्विरहरू सार्वजनिक गरेका छन्।

विवादित सीमाक्षेत्रमा बनाइएका यी गाउँहरू सन् २०२० र २०२१ काे बीचमा निर्माण गरिएकाे उनकाे भनाइ छ।

भुटानले आफ्नाे भूमि दाबी गर्दैआएकाे विवादित क्षेत्रकाे करिब १०० वर्ग किलोमिटर क्षेत्रफलमा चिनियाँ गाउँ फैलिएका छन्। भुटानी भूमि कब्जा गरी बस्ती बसाउँने चिनियाँ कदमप्रति भारत थप चिन्तित र त्रसित देखिएकाे छ। 

भारतले भुटानको सीमा रक्षा गर्न भुटान–चीन सीमक्षेत्रमा सीमित सशस्त्र बल राखेको छ। पछिल्लाे चिनियाँ नीतिले छिमेकमा व्यापक भू-रणनीतिक प्रभाव पार्ने भारतीय सीमा विज्ञहरू बताउँछन्।

प्रकाशित मिति: : 2021-11-18 05:58:00

प्रतिकृया दिनुहोस्