पृथकतावादी हिंसा र द्वन्द्वले गाँजिएको पाकिस्तान

Photo : AP
Photo : AP

छिमेकी अफगानिस्तानमा तालिबान शासकहरूको शासन सुरु भएपछि पाकिस्तानमा पनि आन्तरिक द्धन्द र आन्तरिक पृथकतावादी आतङ्ककारी सङ्गठनहरूको हिंसा असाध्यै बढेको पाइएको छ।

प्रधानमन्त्री इमरान खानको सरकारले यी चुनौतीहरूलाई पहिलेदेखि नै औँल्याएको भए पनि यस विरुद्ध ठोस कदमहरू भनेँ नचालेको बताइन्छ।

अझ विशेष रुपमा तालिबानहरूलाई पाकिस्तानमा आश्रय दिएको आरोप खेपिरहेका इमरान खानको नेतृत्वको सरकारले तालिबानको विजयलाई रणनीतिक विजयका रूपमा लिएको पनि बताइन्छ। पाकिस्तानका सुरक्षा विशेषज्ञहरूकै भनाँई मा इमरान खानको सरकारको तालिबानहरु संगको निकटताले पाकिस्तानमा दुई कुराहरूमा क्षति भएको छ।

पहिलो चाहिँ तालिबानहरूले आफूभन्दा पनि कडा अल कायदासंग इस्लामीक स्टेट खोरासनमा सामना गर्नु परिरहेको छ भनेँ दोस्रो चाहिँ तालिबानहरू आफ्नो वैचारिक तालमेलको डोरी पाकिस्तानमा तेहरीक ए तालिबान पाकिस्तानसङ काट्न पटक्कै मानिरहेको छैन। यस अर्थमा तालिबान काबुलबाट पाकिस्तान सम्म आफ्नो बिचारको नियन्त्रण र प्रसार गरिरहेको छ। 

इस्लामको दियोबन्धी धार सङ्ग सम्बन्ध राख्ने कट्टरवादी सङ्गठन तेहरीक ए तालिबानबाट त इमरान खानको सत्ताले निकै पहिलेदेखि तनाब भोगिरहेको छ। यस सङ्गठन बरेल्वी पक्षको पैरवी गर्दछ, तालिबानबाट साथ पाएपछि भर्खरै यस सङ्गठनले लाहोर देखि इस्लामवादसम्म एउटा लामो मार्च नै गरेको थियो।

यसरी तालिबान शासकको सहयोगमा पाकिस्तानमा पृथकतावादी सङ्गठनहरूको उपस्थिति र हिंसा असाध्यै बढ्दै गइरहेको बताइन्छ। यस्ता सङ्गठनहरूको उपस्थितिमा त झनै पाकिस्तानमा धार्मिक अल्पसख्यंक हरु माथि अमानवीय हिंसा भइरहेको छ। पछिल्ला महिनाहरूमा पाकिस्तानमा हिन्दु र इसाई धर्मावलम्बीहरूमाथिको हिंसा पनि यस कारणले असाध्यै बढेको खबर छ।

प्रकाशित मिति: : 2021-11-17 18:00:00

प्रतिकृया दिनुहोस्