निफ्राले बोलायो साधारणसभा, लाभांश प्रस्ताव मुख्य एजेण्डा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले २९ मंसिरका लागि साधारणसभा बोलाएको छ। बैंकले लाभांश प्रस्ताव गर्ने मुख्य एजेण्डासहित बत्तिसपुतलीमा सभाआह्वान गरेको हो।

सभामा आठ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ।

साधारण सभा प्रयोजनार्थ ९ मंसिरमा बुक क्लोज हुनेछ। यसर्थ, ८ मंसिरसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: : 2021-11-17 10:12:00

प्रतिकृया दिनुहोस्