व्यक्तिगत आम्दानीमा कर: कति कमाउँदा कति तिर्नुपर्छ ?

सरकारले चालु आर्थिक वर्ष (२०७८/०८९) को लागि प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर निर्धारण गरेको छ।

अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले निर्धारण गरेको करको दरमा रोजगारीको आयमात्र हुनेको लागि व्यक्तिगत चार लाख र दम्पतीमा साढे चार लाखसम्म करयोग्य आम्दानीमा एक प्रतिशत कर लाग्ने उल्लेख छ। यो भनेको चार हजारदेखि चार हजार ५०० कर हो।

त्यसैगरी व्यक्तिगततर्फ चारदेखि पाँच लाखसम्म चार हजार र १० प्रतिशतका दरले लागु हुने उल्लेख छ। दम्पतीतर्फ साढे चारदेखि साढे पाँच लाखसम्म करयोग्य आय भएमा चार हजार पाँच सय र १० प्रतिशत कर लाग्ने उल्लेख छ।

व्यक्तिगत हकमा पाँचदेखि सात लाखसम्म करयोग्य आय भएमा १४ हजार र २० प्रतिशत दरले कर लाग्ने उल्लेख छ। दम्पतीको हकमा साढे पाँचदेखि साढे सात लाखसम्म १५ हजार ५०० र २० प्रतिशतका दरले लागु हुनेछ।

सातदेखि २० लाखको आम्दानीमा एकल व्यक्तितर्फ ५४ हजार र ३० प्रतिशतका दरले लागु हुनेछ। साढे सातदेखि २० लाखसम्म आम्दानीमा दम्पतीतर्फ ५४ हजार ५०० र ३० प्रतिशतका दरले कर लाग्नेछ।

२० लाखभन्दा बढी आम्दानी करयोग्य आय गर्ने व्यक्तिलाई ४ लाख ४४ हजार र ३६ प्रतिशतका दरले लागु हुने आन्तरिक राजश्व कार्यालयले जनाएको छ। दम्पतीतर्फ पनि चार लाख ४४ हजार ५०० र ३६ प्रतिशतका दरले लागु हुनेछ।

प्रकाशित मिति: : 2021-11-16 18:22:00

प्रतिकृया दिनुहोस्