मङ्गलबार, २२ सेप्टेम्बर २०२६

हजुरबा भन्छन्: मरिसकेकी छोरी ,गुमनाम ज्वाइँ कहाँबाट खोजेर ल्याउँ ?

अभिभावकबिहीन बालकलाई जन्मदर्ता पाउनै सकस
File Photo
• • •

जिल्लाको गलकोटका एक बालक जन्मिना साथ आमाको मृत्यु र बुवा बेपत्ता भएपछि अभिभावकबिहीन भएका छन्। उनी जन्मदर्ताको प्रमाणपत्र पाउनबाट समेत बञ्चित भएका छन्। गलकोट नगरपालिका ७ का १२ वर्षीय रामबहादुर सुनारकी आमा सिता सुनारको प्रसूतिकै क्रममा २०६६ साल माघ ६ गते पोखराको मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको थियो।

रामबहादुरलाई जन्म दिएपनि खराब स्वास्थ्यका कारण सीताको मृत्यु भएको थियो। उनको मृत्युपछि मृतकका श्रीमान गोमे सुनारले दोस्रो बिहे गरेर सम्पर्क बिहीन भएका छन् । रामबहादुर अहिले काठेखोला ८ लेखानीस्थित मामाघरमा बस्दै आएका छन्।

नाती जन्मिएको खुसी बाँड्न नपाउँदै रा जन्माउनुको खुशियाली र हर्ष परिवार, आफन्त, गाउँघरमा विस्तारै फैलिने क्रममै जन्म दिएको छोरा डाक्टरको कोसिसमा बाँच्न सफल रहे पनि स्वयम् आमाले आफ्नो छोरालाई बेहोसी अवस्थामा बाहेक मायाले सुमसुम्याउन नपाएको माइत तर्फका हजुरबुबा काठेखोला ७ लेखानीका धनबहादुर विक बताउँछन्। 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!