रुसी र फ्रान्सेली राष्ट्रपतिबीच आप्रवासी समस्याबारे छलफल

File Photo
File Photo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंबीच मंगलबार फोन वार्ता भएको छ। त्यस फोनवार्ताका क्रममा दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्या र सीमा समस्याका बारेमा कुराकानी भएको थियो।

मंगलबार बिहान रुसी राष्ट्रपति पुटिनले फ्रान्सेली राष्ट्रपति म्याक्रोंलाई फोन गरेका थिए। त्यसक्रममा उनीहरुका बीचमा उक्त विषयमा कुराकानी भएको क्रेमलिनले जनाएको छ।

रुसी राष्ट्रपति पुटिनले पोल्याण्डको प्रहरीले बेलारुसका आप्रवासीहरुलाई नराम्रो व्यवहार गर्ने गरेको भन्ने विषयमा कुरा उठाउनु भएको थियो। रुसी राष्ट्रपति पुटिनले यस विषयमा युरोपियन युनियनका नेता तथा तथा पोल्याण्डका नेताहरुले बेलारुससँग प्रत्यक्ष रुपमा कुराकानी गर्न पनि आग्रह गरेका क्रेमलिनले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।

त्यस विज्ञप्तिमा उनीहरुबीचको फोनवार्ताका क्रममा युक्रेनका विषयमा पनि कुराकानी भएको थियो। उनीहरुबीच युक्रेनको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको क्रेमलिनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ। पूर्वी युक्रेनका द्वन्द्वपीडितहरुको व्यवस्थापन राम्रोसँग हुन नसकेका विषयमा पनि उनीहरुका बीचमा कुराकानी भएको क्रेमलिनले जनाएको छ।

प्रकाशित मिति: : 2021-11-16 14:39:00

प्रतिकृया दिनुहोस्