एसिया र युरोपभरि फैलियो 'वर्ड फ्लू'

File Photo
File Photo

पछिल्लो समयमा युरोप र एसियाभर वर्ड फ्लू देखा परेको छ। प्राणीहरुको स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य संगठन (ओआइई) ले पछिल्लो समय एसिया र युरोपका अधिकांश देशहरुमा वर्ड फ्लू देखिएको जनाएको छ।

वर्ड फ्लू्रको सबैभन्दा बढी असर दक्षिण कोरियामा देखिएको छ। वर्ड फ्लूकाकारण दक्षिण कोरियामा ७ लाख ७० हजार कुखुरा नष्ट गरिएको विवरण सार्वजनिक भएको छ। त्यस्तै, उत्तरपूर्वी जापानमा पनि फ्लूको महामारी देखिएको छ। जापानमा सन् २०२१ को हिउँदपछि पहिलो पटक वर्ड फ्लू देखिएको हो।

त्यस्तै, नर्वेका सात हजार चराचुरुङ्गीमा वर्ड फ्लूको नयाँ भेरियन्ट एच५एन१ देखिएको छ। जंगली हाँसमा वर्ड फ्लूकाे उच्च भेरियन्ट देखा परेपछि बेल्जियम सरकारले कुखुरालाई घरभित्रै राख्न निर्देशन दिएको छ। त्यस्तै, फ्रान्स र नेदरल्यान्डमा पनि फ्लू नियन्त्रणका विभिन्न कदम कदम चालिएका छन्।

भारत र मध्येपूर्वका केही क्षेत्रमा पनि वर्ड फ्लू देखिएको छ। चीनमा जुनमा पहिलो पटक वर्ड फ्लूको नयाँ भेरियन्ट एच१०एन३ भाइरस देखिएको थियो। चीनमा एच५एन६ एभियन इन्फ्ल्युन्जाका २१ ओटा घटना देखिएका छन्। 

प्रकाशित मिति: : 2021-11-16 12:15:00

प्रतिकृया दिनुहोस्