बढ्यो सुनचाँदीको मूल्य

File Photo
File Photo

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५०० ले बृद्धि भएर रू ९४ हजार ८०० कायम भएको छ। सोमबार सुन प्रतितोला रू ९४ हजार ३०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू ९४ हजार ३०० रहेको  छ।

अघिल्लो दिन तेजाबी सुन प्रतितोला रू ९३ हजार ८०० तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा रू १० ले वृद्धी भएर रू एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ। चाँदी शुक्रबार प्रतितोला रू एक हजार २८० मा कारोबार भएको थियो। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति: : 2021-11-16 11:28:00

प्रतिकृया दिनुहोस्