शनिबार, १२ जुलाई २०२५

गमगढीका आगलागी पीडितलाई राहत दिने मुख्यमन्त्री शाहीको घोषणा

बिएल संवाददाता

बिएल संवाददाता

जुम्ला
2021-11-16 10:36:00
News Image
• • •

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको गमगढी बजारका आगलागी पीडितलाई राहत दिने घोषणा गरेका छन्।

सोमबार आगलागीबाट गमगढी बजारमा १७ वटा घर र ३ घुम्ती जलेर पूर्णरुपमा नष्ट भएका छन्। उक्त घटनाबारे कर्णाली प्रदेश सरकार दुखी भएको मुख्यमन्त्री शाहीले बताएका छन्।

मंगलबार विहान एक विज्ञप्ति जारी गर्दै उनले अल्पकालीन राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन पनि दिसकेको बताए। 

स्थानीय प्रशासनको सिफारिसका आधारमा प्रदेश सरकारले तत्काल राहत प्याकेज घोषणा गर्ने मुख्यमन्त्री शाहीले बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?