विश्वका शक्तिशाली राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखबीच यस्ताे रहयो सवाल जबाफ

Photo - AP
Photo - AP

अमेरिकी राष्ट्रपति जोन बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीचको बहुप्रतिक्षित भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकमा दुबै देशका नेताहरुले दुई देशबीचको सम्बन्धलाई अझै सुदृढ बनाउने बाचा गरेका छन्।

भर्चुल बैठकलाई सुरुमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले चीन–अमेरिका सम्बन्धलाई द्वन्द्वमा रुपान्तरण गर्न नहुने धारणा राखेका थिए। बाइडेनले सो धारण राख्न नपाउँदै चीनका राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धलाई सकरात्मक दिशातार्फ लैजान बेइजिङ तयार रहेको जबाफ दिएका थिए।

बाइडेनलाई ‘मेरो पाको मित्र’ भनेर सम्बोधन गर्दै राष्ट्रपति सीले दुई प्रतिद्वन्द्वी देशले मिलेर काम गर्नुपर्ने बताएका थिए।

त्यसपछि बाइडेनले एक अर्कासँग बढी औपचारिक हुनुपर्ने भन्दै दुबै जनाबीच यसअघि इमान्दारीपूर्वक  टेलिफोन वार्ता भएको स्मरण गरेका थिए। जबाफमा राष्ट्रपति सीले दुई शक्तिशाली देशले एकापसमा सहकार्य गर्दा दुबै देशलाई फाइदा हुने बताएका थिए। ‘चीन र अमेरिकाले सञ्चार र सहकार्यलाई जोड दिनुपर्छ,’ उनले भने।

राष्ट्रपति बाइडेनले मानवअधिकार र हिन्द महासागर क्षेत्रका मुद्दालाई उठाएपछि राष्ट्रपति सीले दुबै देशले एक अर्कालाई सम्मान गर्ने र स्थिर सम्बन्ध आवश्यक भएको चीनका जबाफ दिएका थिए।

बाइडेनले दुई देशबीच चुनौती खडा भइरहेको बताइरहेका सीले सञ्चार सुधार गरेर ती सबै चुनौती सामना गर्नुपर्ने बताएका थिए। उनीहरुबीच ताइवानको विषयमा पनि कुराकानी भएको थियो।

एक साताअघि अमेरिकी सांसदको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरेको थियो। भ्रमणको  अमेरिकाले विरोध गरेको थियो। त्यस अगाडि चीनले ताइवानको हवाई आधारमा लडाकु विमान उडाएको थियो। त्यसको ताइवान र अमेरिका दुबैले विरोध गरेका थिए। चीनले ताइवानमाथि हमला गरे अमेरिकाले प्रतिरोध गर्ने चेतावनी दिँदै आएको छ।

एजेन्सी

प्रकाशित मिति: : 2021-11-16 09:27:00

प्रतिकृया दिनुहोस्