भारतकाे मणिपुरमा सेनाको गाडीमाथि हमला, कर्णेलसहित सात जनाको मृत्यु

बिएल संवाददाता

इम्फाल, मणिपुर
Photo: PTI
Photo: PTI

भारतकाे मणिपुरमा सेनाको गाडीमाथि चरमपन्थी हमला हुँदा सेनाका कर्णेल, उनकी पत्नि र छोरासहित ७ जनाकाे मृत्यु भएकाे छ।

हमलाबाट असम राइफल्सका एकजना कर्णेल विप्लप त्रिपाठी (४६) सहित अन्य चार जवानको मृत्यु भएको हाे। चरमपन्थी हमलामा कर्णेलकी श्रीमती र ८ वर्षीय नाबालक छोराको पनि मृत्यु भएको छ। हमलामा परी अन्य चार सैनिक घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार मणिपुरकाे चुराचन्दपुरस्थित सेकेन गाउँमा शनिबार बिहान उक्त घटना भएको हो। यसक्षेत्रकाे चरमपन्थी संगठन पीपुल्स लिबरेशन आर्मी (पीएलए) यस हमलाकाे याेजनकार रहेकाे अनुमान गरिएको छ।

हमलास्थल जिल्ला सदरमुकामबाट करिब ६५ किलोमिटर टाढा बेहियाङ क्षेत्रको सीमावर्ती गाउँ पर्दछ। कर्णेलसहित ७ जनामाथि हमला गरी ज्यान लिएकाे अनुमानमा मणिपुर चरमपन्थी संगठनलाई कारबाही गर्न सेनाले अभियान थालिसकेकाे छ।

चरमपन्थी संगठन पिपुल्स लिबरेसन आर्मी सन् १९७८ ताका गठन भएको थियो। पीएलएले स्वतन्त्र मणिपुरको माग गरिरहेकाे छ।

चुराचन्दपुरमा सेनामाथि भएको याे चरमपन्थी आक्रमण वर्षौं यताकै सबैभन्दा घातक रहेकाे मणिपुर प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2021-11-14 06:15:00

प्रतिकृया दिनुहोस्