अदालत भत्काउन प्रचण्डको ‘सेटिङ’, गोटी बन्दै शम्भु, रमण र चण्डेश्वर

आफ्नै दम्भका कारण खिइँदै गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले सर्वोच्च अदालतको गरिमा भत्काउन सक्रिय देखिएका छन् । सर्वोच्च अदालतमा अहिले जारी कानून व्यवासयीको अस्वभाविक आन्दोलनको पछाडी उनै प्रचण्डको ग्राण्ड डिजाइन रहेको रहस्य खुलेको छ ।

आफू निकट कानून व्यवसायीलाई प्रयोग गर्दै अहिले सर्वोच्च अदालतमा दैनिक उनै प्रचण्डको डिजाइनमा आन्दोलन भइरहेको स्रोतले बताएको छ । सर्वोच्च अदालतमा राणा हटाउने र न्यायपालिकाको गरिमा ध्वस्त गर्न प्रचण्डले वरिष्ठ अधिवक्ता शम्भु थापालाई मूल दायित्व सुम्पेको प्रचण्ड निकट स्रोतको दाबी छ ।

माओवादी निकट बारअध्यक्ष चण्डेश्वर श्रेष्ठ र  पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठको सुझावपछि प्रचण्ड शम्भु थापालाई अघि बढाउन सहमत बनेका  थिए । उसो त एमाले निकट शम्भु थापा एमाले अध्यक्ष ओलीसँग रुष्ट छन् भने माधव नेपालसँग पनि ढुक्क छैनन् । थापाको यही मनोविज्ञान बुझेपछि प्रचण्ड उनै थापालाई अघि लगाएर अदालतमाथि फायरिङ खोल्न उद्धत छन् । पटक-पटक प्रचण्ड निवास खुमलटारमा वरिष्ठ अधिवक्तात्रयसहित प्रचण्डको वार्ता हुने गरेको र आन्दोलनका कार्यक्रम उतै बन्ने गरेको खुमलटार निकट स्रोतको दाबी छ ।

प्रकाशित मिति: : 2021-11-13 18:56:00

प्रतिकृया दिनुहोस्