बेलारुस एयरलाइन्सले इराकी, सिरियाली र यमनीलाई टर्की उडानमा प्रतिबन्ध

File Photo
File Photo

बेलारुसको सरकारी एयरलाइन्सले सिरियाली, इराकी र यमनीहरुलाई टर्कीबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको छ। अंकाराको अनुरोधमा उक्त प्रतिबन्ध लगाएको एयरलाइन्सले शुक्रबार जानकारी दिएको छ।

मिन्स्कले आप्रवासीहरूलाई युरोप पठाउनको लागि ल्याएको आरोप लागेपछि यो प्रतिबन्ध लगाइएको हो। शुक्रबारदेखि टर्कीबाट बेलारुसको उडानमा यी तीन देशको नागरिकलाई अनुमति नदिने बताएको छ।

बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले आप्रवासी संकटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्धहरू लगाइएमा युरोपको ग्यास आपूर्ति रोकिदिने धम्की दिएका छन् । बेलारुसको पश्चिमी सीमामा पोल्याण्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासीहरू युरोपेली संघ ईयूको क्षेत्रभित्र प्रवेश गर्ने आशामा निकै चिसो मौसमबीच बसिरहेका छन्।

प्रकाशित मिति: : 2021-11-12 16:06:00

प्रतिकृया दिनुहोस्