विवाह नगरेको झोंकमा प्रेमिकामाथि छुरा प्रहार

File Photo
File Photo

हैदराबादका एक पुरुषले एक युवतीलाई शरिरका १८ ठाउँमा छुरा प्रहार गरेका छन्। छुरा प्रहार गर्ने व्यक्ति ती युवतीको प्रेमी भएको बुझिएको छ।

युवतीले विवाह गर्न अस्वीकार गरेपछि रिसको झोंकमा उनले छुरी धसेका थिए। युवतीले अर्को पुरुषसँग दुई महिनाअघि इन्गेजमेन्ट गरेपछि ती प्रेमी क्रुद्ध बनेका थिए।

छुरा प्रहारबाट गम्भीर घाइते बनेकी युवतीको अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था स्थिर छ। युवतीलाई छुरा प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति: : 2021-11-11 13:49:00

प्रतिकृया दिनुहोस्