रुसमा २४ घन्टामा ३९ हजार भन्दा बढीमा देखियो सङ्क्रमण

Symbolic photo
Symbolic photo

रुसमा गएको २४ घन्टामा ३९ हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्। 

साथै यो अवधिमा यहाँ एक हजार १७९ जनाको ज्यान गएको छ। यो समेतगरी यहाँ करिब ८८ लाख मानिसमा यो संक्रमण देखिएको छ। 

त्यसैगरी यहाँ अहिलेसम्म २ लाख ४६ हजार ८१४ जनाको ज्यान गएको पाइएको छ। यहाँ कोरोना भाइरसबाट हुने मृत्युदर करिब २।८१ रहेको पनि समाचारमा जनाइएको छ। 

यहाँका स्वास्थ्य अधिकारीहरुले रुसको मस्को सहरमा मात्र पछिल्लो २४ घन्टामा करिब पाँच हजार जनामा सङ्क्रमण देखिएको बताएका छन्। 
 

प्रकाशित मिति: : 2021-11-08 14:29:00

प्रतिकृया दिनुहोस्