जापानले काेराेना भाइसविरूद्धकाे पूर्ण खोप लगाएका यात्रुहरूका लागि (आज) सोमबारदेखि जापान प्रवेशमा सहज बनाएकाे छ।
लामो समयदेखि बन्द रहेको अन्तर्राष्ट्रिय सीमा–नाका व्यवसायी, विद्यार्थी, प्राविधिक प्रशिक्षार्थीलाई खुल्ला गरिएकाे जापानीज सञ्जार माध्यमहरूले जनाएकाे छन्।
पछिल्लो समय जापानमा कोरोनामा संक्रमणमा दर घट्दै गएपछि व्यवसायीक समुदायको अनुरोधलाई सम्वाेधन गर्दै प्रवेशमा सहज बनाइएकाे हाे तथापि पर्यटकहरूलाई भने अनुमति दिने छैन।
जापान प्रवेश गर्ने सबै जनालाई जापानले मान्यता दिएका कोभिड-१९ खोपहरू पूर्ण रूपमा खोप लगाउनु पर्नेछ। प्रवेश गर्ने पाउनेमा महिनाभन्दा कम अवधिको छोटो अवधिको व्यापार भ्रमण गर्ने यात्रुहरू, साथै लामो अवधिका आगन्तुकहरू जस्तै विदेशी विद्यार्थीहरू र प्राविधिक इन्टर्नशिप गर्नेहरू रहेका छन्। उनीहरू सबै जना १४ दिनसम्म अनिवर्य क्वारेन्टाइन बस्नु पर्ने व्यवस्था गरिएकाे छ।
त्यस्तै विद्यालय र उनीहरूलाई प्रायोजन गर्ने कम्पनीहरूले उनीहरूका गतिविधिहरू र कसरी अनुगमन गरिनेछ भनेर विवरणहरू पेश गर्नुपर्ने छ। जापानी नागरिकहरू र पुन: प्रवेश अनुमति भएका विदेशी नागरिकहरूको लागि १० दिनको आइसोलेसनलाई तीन दिनमा छोटो झारिएको सञ्चार माध्यहरूले बताएका छन्।
जापानले विशेष अनुमति र मानवीय उद्देश्यका लागि बाहेक, जनवरीमा लगभग सबै विदेशी आगन्तुकहरूको लागि आफ्नो सीमाना बन्द गरेको थियो।
यहाँ सेप्टेम्बरदेखि दैनिक काेराेना संक्रमण दर घट्दै गएकाे थियाे। जापानमा लगभग जनसंख्याको ७३% नागरिकहरुले पूर्ण रूपमा खोप लगाइएका छन। टोकियोमा शुक्रबार २५ संक्रमित थपिएका रिपाेर्टमा उल्लेख छ। यो नवौं दिनमा ३० भन्दा कम हो। राष्ट्रव्यापी रुपमा जापानमा गत बिहीबार सम्म १७.२ लाख कोरोना भाइरस संक्रमित पुष्टि भएका थिए भने १८ हजार ३ सय जनाको मृत्यु भएको थियो।
सीमा नियन्त्रणलाई सहज बनाउनु भनेको सामाजिक र आर्थिक गतिविधिलाई क्रमशः सूचारु गर्नु जापानको कदमको एक हिस्सा भएको सञ्चार माध्यमले जनाएका छ। सरकारले दैनिक गतिविधिहरू थप सूचारु गर्नुअघि प्याकेज टुरहरू, रेस्टुरेन्टहरू र खेलकुद कार्यक्रमहरू परिक्षणको रुपमा गरिरहेको छ।
मन्त्रिपरिषद्का उप-प्रमुख सचिव सेजी किहाराले जापानले उनीहरुको गतिविधि नियन्त्रण र अनुगमन गर्ने तरिका अध्ययन गरी यस वर्षको अन्त्यसम्म विदेशी पर्यटकलाई अनुमति दिने सम्भावनाबारे विचार गर्ने बताएका छन्।
जापानका स्वदेशी र विदेशी व्यापार समूहहरूले अन्य देशहरूसँग मिल्दोजुल्दो हुन सीमा प्रतिबन्धहरू कम गर्न सरकारलाई पैरवी गरेका समेत सञ्चार माध्यामले बताएका छन्।