थाइल्याण्ड, अस्ट्रेलिया र इजरायलले बनाए यात्रामा सहज, हजाराैँ विदेशी पर्यटक पुगे बैंकक

Photo: Reuters
Photo: Reuters

थाइल्याण्ड, अस्ट्रेलिया र इजरायलले पहिलोपटक गत सोमबार अन्तर्राष्ट्रिय सीमा प्रतिबन्ध खुकुलो बनाउँदै उल्लेखनीय काम गरेको गरेकाे छ।

अन्तर्राष्ट्रिय सञ्चार–संस्था रोयटर्सले जनाएअनुसार दक्षिणपूर्वी एसियाली राष्ट्र थाइल्याण्डले चीन र संयुक्त राज्यलगायत ६० भन्दा बढी देशका आगन्तुकहरूलाई क्वारेन्टाइन बस्ने नियम अनुमोदन गरेपछि हजाराैँ विदेशी पर्यटकहरू बैंकक पुगेका छन्।

थाइल्याण्डले यूरोपेली राष्ट्रहरूलाई पनि यसै सूचीमा राखेकाे छ। एसियाको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यस्थल थाइल्याण्डले उत्तरी गोलार्द्धमा हिउँदको समय सदुपयोग गर्ने प्रयास गर्दैछ। थाइल्याण्डकाे दक्षिणतर्फ जाने योजना बनाएका ४१ जना जर्मन पर्यटक टाेलीका एक सदस्य साइमन रायथेलले भने, 'हामीले भर्खरै यो उडान लियौं र हामी आइपुग्ने पहिलो उडान हुनु आश्यर्जनक कुरा हो।

अस्ट्रेलियाकाे सिड्नीमा सन् २०२० को अप्रिलदेखि अनुमति–पत्र नलिई वा क्वारेन्टाइनको आवश्यकता पूरा नगरी विदेशबाट आउने पहिलो बनेकाले सयौं नागरिकलाई स–परिवार र साथीभाइले स्वागत् गरेका थिए। आफ्नी बिरामी आमालाई भेट्न लस एन्जलसबाट उडेकी इथान कार्टरले भनिन्, 'यो अलि डरलाग्दो र रोमाञ्चक भयो।'

सुरूमा केही राज्यहरू र अस्ट्रेलिया, न्यूजिल्याण्डका नागरिक र स्थायी बासिन्दाहरू मात्रै सीमित रूपमा यात्रा गर्थे। यसले अन्तर्राष्ट्रिय पर्यटक तथा कामदारहरूका लागि पुन: खोल्ने योजनाको घोषणा गरेको छ। त्यसैगरी इजरायलले पनि गत सोमबारदेखि यात्रासम्बन्धी नियमहरू खुकुलो बनाएकाे छ। तर पर्यटकहरूले बुकिङ गर्नुअघि यात्रा नियम पढ्न पर्नेछ। 'इजरायलमा स्वागत छ,' ट्वीटमार्फत सरकारले भन्याे, 'हामीले तिमीहरूलाई याद गरेका छौ।'

सहज यात्राले होटेल व्यवासायी उत्साहित बनेका छन्। संसारका थ्रुपै पर्यटकहरूले बनाेरञ्जन गरेर यीक्षेत्रमा बसिरहेका छन्। इजरायल होटल एसोसिएशनका सीईओ याएल डेनियलीले भने, 'परिवारका दुवै अभिभावकले खोप लगाएपनि १२ वर्षमुनिका आफ्ना छोराछोरी लगाएका छैनन्। त्यसैले उनीहरू प्रायः इजरायल आउन सक्दैनन्।'

यात्रा समूहका सदस्यहरूलाई ६ महिने नियमबाट मुक्त गरिएको छ। तर तिनीहरूको प्रवासको पहिलो दुई हप्ताका लागि प्रत्येक ७२ घण्टामा पीसीआर वा एन्टिजेन परीक्षण गर्नुपर्नेछ। यात्रा खकुलो भएता पनि विश्वभर यात्रा पूर्णरुपमा चलायमन हुन भने निकै समय लाग्नेछ। चीनको पर्यटन क्षेत्र संक्रमण भएका शहरहरूमा कोभिड-१९ का लागि देशको शून्य सहिष्णुताबाट पीडित छ। उनीहरूले विभिन्न यात्रा स्थलमा प्रतिबन्ध भोगिरहेका छन्।

संघाई डिज्नील्याण्डले सोमबार आगन्तुकहरूलाई बन्द गरेकाे छ। पूर्वी यूरोपले महामारी सुरू भएदेखि नै यसको सबैभन्दा भयावह प्रकोपको सामना गरिरहेको छ। राष्ट्रव्यापी रुपमा दैनिक काेराेना बिमारी र मृत्युको संख्या नयाँ उचाइमा पुगेकोले रूसी राजधानीले गत बिहीबार एक वर्षभन्दा बढी आफ्नो सबैभन्दा कडा बन्दका उपायहरू पेश गऱेको छ। तर धेरै रूसीहरूले अब विदेशी बिदाको लागि उड्ने उपयुक्त समय हो भन्ने निर्णय गरेका छन्।

रूसको स्पुटनिक वी खोप मान्यता प्राप्त गन्तव्य स्थानहरूमा बुकिङमा तीव्र वृद्धि भएको छ। 'क्वारेन्टाइन बस्नु पर्दैन, तर समुद्र किनारमा छुट्टी मनाऔं,' यात्रा कम्पनी ओरेन्ज सन टूरले आफ्नो वेबसाइटद्वारा घोषणा गरेको छ। जसले साइप्रस, इजिप्ट, क्युबा र अन्य ठाउँमा छुट्टी प्रदान गरेको छ।

प्रकाशित मिति: : 2021-11-06 17:04:00

प्रतिकृया दिनुहोस्