भारतको बिहारमा विषाक्त रक्सी पिउँदा दर्जनौँ मानिसको मृत्यु

File Photo
File Photo

भारतको बिहारमा विषाक्त मदिरा सेवन गरेका कारण कम्तिमा २४ जनाको मृत्यु भएको छ। पश्चिम चम्पारण जिल्लाको बेतियास्थित तेल्हुआ गाउँमा बिहिबार ८ जनाको मृत्यु भएको छ। त्यस्तै, गोपालगञ्जमा विषाक्त रक्सीले मृत्यु हुनेको संख्या १६ जना पुगेको स्थानीय प्रशासनले जनाएको छ।

यीक्षेत्रमा अवैध मदिरा उत्पादन अत्याधिक हुने सुरक्षा निकायको भनाइ छ। दीपावलीको अवसरमा विषाक्त मदिरा सेवन गरेका कैयौँ मानिसहरू बिरामी छन्। उनीहरू भिन्नभिन्नै अस्पतालहरूमा उपचार भइरहेको छ। उत्तर बिहारमा पछिल्लो दुई सतायता विषाक्त रक्सीका कारण मृत्यु भएको यो तेस्रो घटना हो। अवैध रक्सीको व्यापार गरिरहेका चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेहरू तेल्हुआ गाउँको वडा–२,३ र ४ का बासिन्दाहरू रहेका छन्। मृतक  जति सबैले तेल्हुआ गाउँको चमरटोली क्षेत्रमा मदिरा सेवन गरेको गाउँलेहरूले बताएका छन्। मदिरा सेवनपछि उनीहरुमध्ये ८ जनाको अवस्था बिग्रिएपछि उनीहरुलाई नजिकैको अस्पतालमा पुर्‍याइएको थियो। तर उनीहरूको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2021-11-05 10:28:00

प्रतिकृया दिनुहोस्