गोरखापत्र
घरघरमा झिलिमिली बत्ती, घरका कौसी अनि करेसामा रङ्गीचङ्गी फूल र आँगनमा देउसीभैलोको आवाज अर्थात् तिहार ।
नेपालीको घरआँगनमा तिहार सुरु भइसक्यो । देउसीभैलोका लागि नयाँ मादल खरिद गर्ने या फुस्केको तना कसेर अनि झरेको खरी भरेर मादल
तयारी भइसक्यो ।
आज मादल बजेको किन
गाउँघर दुनियाँ ब्यूँझाउन
मादललाई गाउँघर ब्यूँझाउने प्रतीकका रूपमा पनि लिइएको छ । व्यापारका हिसाबले पनि तिहारको समयमा मादल मर्मत र बिक्रीको अवस्था राम्रै छ।
मादल व्यवसायी जमुना कुलुका अनुसार तिहार लागेपछि मादललगायत छाला बादनको मर्मत र व्यापार बढ्छ । अझ देउसी, भैलोमा मादलको ताल अनिवार्यजस्तै हुन्छ ।
भूकम्प र कोरोना महामारीले मादल व्यवसायमा मन्दी आएको भए पनि यस पटक व्यापारमा केही सुधार भएको अनुभव मादल व्यवसायीको छ । वसन्तपुरकी मादल व्यवसायी कुलुले भन्नुभयो, “यस पटक मादल व्यापार अलि बढेको छ ।
” मादल बनाउनु, बेच्नु कुलुको पुख्र्यौली पेसा हो । बाजे, बराजुको पालादेखि गरिआएको यस पेसालाई जमुनाको परिवारले समेत व्यावसायिक रूपमा नै धान्दै आएको छ । मादलको व्यापार सदावहार नै चल्ने भए पनि भूूकम्पपछि यसको व्यापार खस्केको कुलुको अनुभव छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया