बागलुङमा भिरबाट लडेर मृत्यु

बागलुङमा भीरबाट लडेर एकको मृत्यु भएको छ। मृतक बडिगाड गाउँपालिका ९ का २८ वर्षिय शंकर परियार रहेको प्रहरीले जनाएको छ।

गत ९ गते राति अन्दाजी साढे दश बजे बुर्तीबाङमा सम्पन्न पूर्णीमा मेला हेरी घर फर्कने क्रममा ‌लडेर घाईते भएका थिए। ढोरपाटन– २ सिमलचौरदेखी मालरानी जाने गोरेटो बाटोको भिरबाट लडेर अन्दाजी ६ सय मिटर तल बडिगाड खोलामा परी बेपत्ता भएको उनलाई बुधबार बिहान साढे ९ बजे खोजी गर्दै जाँदा  बडीगाड नगरपालिका– ६ स्थित बडीगाड खोलाको किनारमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।

उक्त स्थानमा प्रहरी टोली खटी गई घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2021-11-03 21:48:00

प्रतिकृया दिनुहोस्