बलिउड अभिनेत्री सारा अली खान आफना मातापिता सैफ अली खान र अमृता सिंहको बारेमा खुलेर कुरा गर्छिन्।
जब उनी सानी थिइन्–तब उनलाई लाग्थ्यो कि उनका मातापिता नराम्रा छन्। उनले दिएको एक इन्टरव्यूमा भनेकी छिन्, आफना पिताको फिल्म ‘ओमकारा’ र माताको फिल्म ‘कलयुग’ देखेपछि आफनो बाबुले नराम्रो कुराहरु बोल्ने र आमाले ‘पोर्न’ साइड चलाउने सोच्ने गर्थिन्।
उनले मेगजिनमा दिएको इन्टरव्यूमा भनेकी छन्, ‘मलाई जबसम्म याद छ, ओमकार र कलियुग देखेपछि म धेरै डिस्टर्ब भएकी थिए, अनि सोच्ने गर्थँ मेरो मातापिता खराब छन्, म धेरै सानी थिए र सोच्ने गर्थँ कि मेरो बुबा गाली–गलोज गर्छन् अनि आमा ‘पोर्न’ साइड चलाउँछिन्, यो मजाक थिएन, र दुबै जनालाई त्यस वर्ष नेगेटिभ अवार्डको लागि छनोट गरिएकोे थियो तब म सोच्थेँ कि यो के भइरहेको छ।’
सैफ अली खानका चर्चित फिल्म ‘ओमकार’ मा उनलाई ‘नेगेटिभ’ भमिकामा देखाइएको थियो। जसमा उनको अभिनयको खुब चर्चा भयो।
फिल्ममा उनीसगैँ अजय देवगन, करीना कपूर, विवेक ओबरोय र कोन्कणा सेन शर्मा मुख्य भुमिकामा देखिएका थिए। त्यस्तै फिल्म कलियुगमा अमृतासहित कुणाल खेमू, इमरान हाशमी, आशुतोष राणा रहेको छ।