मारिब सहर पुनः कब्जा गर्न हुथी विद्रोहीको तयारी

File Photo
File Photo

 यमनमा संघर्ष गरिरहेका हुथी विद्रोही समूहले देशको महत्वपूर्ण सहर मानिने मारिब सहरलाई पुनः कब्जामा लिने तयारी गरेका छन्। विद्रोहीहरुले सो सहरका महत्वपूर्ण स्थानहरुको कब्जा गरिसकेपछि फेरि उक्त सहरलाई पूर्ण रुपमा कब्जामा लिनका लागि सो तयारी गरेका हुन्।

सरकारी सैन्य अधिकारीले नै आफूहरूको नियन्त्रणमा रहेको मारिब सहरका कतिपय महत्वपूर्ण स्थानहरुमा उनीहरुले कब्जा जमाएको बताएका छन्। हुथी विद्रोही समूहले यसअघि सो सहर पूरै नियन्त्रणमा लिएको भए पनि पछिल्लो समयमा सरकारी सेनाले फिर्ता गरेका थिए। त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार हुथीहरुले सहरका विभिन्न नाकाहरुमा आफ्ना सेना र हातहतियारहरु लगेका छन् भने सहरका बाहिरी नाकाहरुमा उनीहरुका सशस्त्र विद्रोहीहरु तैनाथ गरी राखेका छन्।

विद्रोहीहरूले नियन्त्रणमा लिएको मारिब सहरलाई हुथी विद्रोहीहरूले पहिलेदेखि नै दबाबमा राखेका थिए। उनीहरुले यो सहर पटक पटक आफ्नो कव्जामा लिने गरेका छन्। यो सहरलाई विद्रोहीहरुले रणनीतिक हिसाबले महत्वको ठान्ने गरेका छन्। विद्रोहीहरूले मालबोडा पहाडी क्षेत्र नै कब्जा गरेका छन्। ‘देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सिर्वाहमा झन्डै ४८ घण्टासम्म भएको दोहोरो भिडन्तपछि उनीहरूले कब्जा गरेका हुन्’, एक सैन्य अधिकारीले भने।

प्रकाशित मिति: : 2021-11-03 14:33:00

प्रतिकृया दिनुहोस्