काबुलमा आइएसले गराएको विष्फोटमा कम्तीमा १९ जनाको मृत्यु

[EPA]

अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको दुईवटा छुट्टाछुट्टै विष्फोटमा परी कम्तीमा १९ जना मारिएको र ४३ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

काबुलको सैनिक अस्पताल नजिकै भएको उक्त आक्रमण इस्लामिक स्टेटले गराएको कुरा स्पुतनिकले बख्तर समाचार एजेन्सीलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

राजधानीको सरदार मोहम्मद दाउद खान सैनिक अस्पताल नजिक पनि गोलीको आवाज सुनिएको प्रत्यक्षदर्शी तथा सरकारी प्रवक्ताले जनाएका छन्।

एकजना आईएसले अस्पतालको प्रवेशद्वारमा आत्मघाती तबरले विष्फोट गराएको थियो भने अन्य थुप्रै आक्रमणकारीहरू अस्पताल भवनमा प्रवेश गरी तालिबानहरूलाई आक्रमण गरेका थिए।

मध्य काबुलको वजिर अकबर खान क्षेत्रमा रहेको भूतपूर्व कूटनीतिक क्षेत्रमा भएको विस्फोटपछि त्यहाँका बासिन्दाहरूले साझा गरेका तस्बिरहरूमा धुवाँको मुस्लो देखिएको थियो।

प्रकाशित मिति: : 2021-11-02 17:22:00

प्रतिकृया दिनुहोस्