बाँकेमा दाङका दुई युवक लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। नेपालगन्ज उपमहानगरपालिका- १५ जमुनाहा चेकपोष्टबाट दाङ तुलसीपुर १ का दुई युवक पक्राउ परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा २२ वर्षीय प्रकाश वि.क. र २६ वर्षीय समिर विक रहेका छन्। उनीहरुलाई प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गर्दा आज साँझ ५ बजे ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
प्रहरीले चेक जाँचका क्रममा ब्राउन सुगरलाई प्लाष्टिकमा राखि क्यानभर्स जुत्तामा राखेको अवस्थामा फेला परेको हो। पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।