पत्रकारमाथि एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले दिएको धम्किको भत्सना

File Photo
File Photo

ध्रुवराज आर्यालको नेतृत्वमा रहेको नेपाल पत्रकार महासंघ बेलायतले हालै सम्पन्न गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्‍हरूद्वारा आयोजित भेलामा पत्रकारमाथि भएको अपमानजनक व्यवहारप्रति खेदप्रकट गरेको छ।

शाखाको तर्फबाट महासचिव नरेन्द्र बस्नेतले बिहीबार एक विज्ञप्ति जारी गर्दै पत्रकारलाई अपमानजनक टीकाटिप्पणी एवं व्यवहार नगर्न चेतावनी दिइएको छ।

विज्ञप्तिमा हालै सम्पन्न गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिष्दाहरूद्वारा आयोजित भेला बारे जानकारी दिन २६ अक्टोबर २०२१ का दिन गरिएको भर्चुअल पत्रकार सम्मेलनका क्रममा यस शाखाका पूर्वअध्यक्ष चिरन शर्मा र सल्लाहकार श्याम लुइँटेलसहितका पत्रकारप्रति आयोजक समूहका सदस्यबाट अपमानजनक व्यवहार भएकोप्रति शाखा खेद प्रकट गरेको हो।

पत्रकार सम्मेलनमा आमन्त्रित रूपमा सहभागी पत्रकारहरूको उचित सममान र प्रश्न सोध्न पाउने अधिकारतर्फ सचेत र प्रतिबद्ध रहन शाखा सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछ।

पत्रकार र मिडियासँग सम्बन्धित कुनै पनि गुनासो सभ्य र मर्यादित विधि, प्रक्रियामार्फत सम्बन्धित निकायमै राख्न तथा पत्रकार र मिडिया बारे सार्वजनिक रूपमा अपमानजनक टीकाटिप्पणी एवं व्यवहार नगर्नसमेत शाखाको आग्रह छ।

यसअघि गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगर सो पत्रकार सम्मेलनमा पत्रकारद्वयमाथि अमर्यादित तथा आपत्तिजनक शब्द प्रयोग गर्दै दम्की दिएका थिए।

प्रकाशित मिति: : 2021-10-28 21:04:00

प्रतिकृया दिनुहोस्