‘ओमानमा मेरा दुईवटा नाम छन्’

‘ओमानमा काम गर्ने नेपालीले सम्मान पाउन थालेका छन्’

रातोपाटी

काठमाडौं

साढे चार वर्षअघि ओमानका लागि नेपाली राजदूत बनेर जाँदै गर्दा शर्मिला पराजुली ढकालसँग डाक्टरको उपाधि थिएन। नेपालबाट अंग्रेजीमा स्नातकोत्तर गरेर दुबईबाट बिजनेसमा मास्टर्स सकेकी उनले राजदूत बनेकै बेला महेन्द्र संस्कृत  विश्वविद्यालयबाट पीएचडी पूरा गरिन्। अहिले उनी डा. शर्मिला बनेकी छिन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले एक दर्जन राजदूतहरुलाई फिर्ता बोलाउँदा अहिले शर्मिला पनि ओमानबाट नेपाल फर्केकी छिन्।

शर्मिला कूटनीतिक क्षेत्रबाट राजदूत बनेकी होइनन्। राजदूतका रुपमा नाम आउँदा उनीमाथि विभिन्न आशंका र आरोपहरु समेत थिए। अमूक दलको कोटाबाट राजदूत बनेको उनीमाथि आरोप लाग्यो। मेनपावर व्यवसायसँग नजिक रहेको चर्चा पनि चल्यो। अनुभव नभएको व्यक्तिलाई राजदूत बनाएर पठाएको आरोप लाग्यो। राजेन्द्र महतोको पार्टीको कोटाबाट राजदूत बनेको आरोप पनि शर्मिलाले खेपिन्।

साढे चार वर्षसम्म ओमानमा राजदूत बनेर काम गर्दा शर्मिला अहिले एकदमै खुशी देखिएकी छिन्। आफूले नेपालको नाम उँचो बनाएर फर्किएको उनी बताउँछिन्। साढे चार वर्षे कार्यकालको अनुभव सुनाउँदै शर्मिलाले रातोपाटीसँग भनिन्, ‘कतिले मलाई चिन्नुहुन्नथ्यो। राजदूतको गरिमा पनि ठूलो हुन्छ, त्यसैले यो मेरो व्यक्तिगत कारण आएको होइन भनेर बुझें। शर्मिलाले कस्तो काम गर्छे भनेर पनि निकै कमलाई थाहा थियो। म त्यो दिन पनि आक्रोशित थिइँन, म अहिले पनि छैन। आक्रोश लिएकी भए म आफैं जलेर खरानी हुन्थें।’


 

प्रकाशित मिति: : 2021-10-28 20:51:00

प्रतिकृया दिनुहोस्