याङ र घुन्सामा आलु उत्पादन वृद्धि

File photo
File photo

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङ र वडा नं ६ घुन्सामा आलु उत्पादन वृद्धि भएको छ। गत वर्ष निराश भएका कृषक यस याममा  उत्पादनमा सुधार आएसँगै उनीहरु उत्साहित भएका हुन्।

फक्ताङलुङ –६ का  पेमा शेर्पाले एकमुरी मुरी  आलु गत असारमा रोपेका थिए। उनले भने, ‘सातमुरी भन्दा वढी उत्पादन भयो।’

सोही गाउँका उटुक र टाँसी शेर्पाले पनि गतवर्षको भन्दा दोब्बर आलु उत्पादन भएको जानकारी दिए।  

हिमाली क्षेत्र भएकाले याङ र घुन्सामा अन्य खेतीपाती हुँदैनन्। आलु भण्डारणका रूपमा रहेको घुन्सा क्षेत्रमा गत वर्ष आलु बीउको अभाव भएको थियो।

ती क्षेत्रमा उत्पादन भएको आलु अगामी मङ्सिरको तेस्रो सातादेखि याकमार्फत ढुवानी गरेर चेनेसम्म पु¥याउने गर्दछन्। 

चेनेमा अस्थायी टहरा निर्माण गरेर आलुको व्यापारका लागि आलु कृषक तयारी हुन्छन्। आलु बीउका लागि तल्लो क्षेत्रका समुदायले कोदो, मकैलागयतका अन्न बोकेर दुई÷चार दिन पैदलयात्रा गरेर आलु व्यापारिक केन्द्र याङमाको चेनेमा पुग्ने गर्दछन्।

घुन्सा क्षेत्रका आलु व्यापारिक केन्द्र फले पुग्ने गर्दछन्। एक पाथी अन्नमा आलु दुईदेखि चार पाथीसम्ममा साट्ने प्रचलन छ।

गत वर्ष ती क्षेत्रमा आलु उत्पादन कमी आएसँगै आलुको त्यति व्यापार नभएको याङमाका ठावा शेर्पाले जानकारी दिए। 

विगत वर्षमा जस्तै नभए पनि गत वर्षभन्दा आलु उत्पादनमा वृद्धि भएको उनको भनाइ छ। आलु उत्पादनमा सुधार आएसँगै आलु कृर्षकमा आशा पलाएको स्थनीयवासी भनाइ छ।

यी क्षेत्रमा  कति आलु उत्पादन हुन्छ भनेर तथ्याक सङ्कलन नभएको फक्ताङलुङका कृषि शाखाका प्रविधिक सहायक ओमप्रकाश शर्माले जानकारी दिए।a

प्रकाशित मिति: : 2021-10-28 13:41:00

प्रतिकृया दिनुहोस्