बलिउडकी सबैभन्दा चर्चित गायिकामध्ये एक हुन् नेहा कक्कड। जो आफनो व्यक्तिगत कुरा खुलेर सुनाउने गर्छिन्।
उनले एक रियालिटी शोमा बताएकी थिइन् कि उनी एक बिरामीको शिकार छिन्। जसकारण उनी ‘डिस्टब’ हुने गर्छिन्। राम्रो परिवारका साथै राम्रो करियर भएता पनि एंग्जायटी बिमारीका कारण आफूलाई चिन्ता लागेको उनी बताउँछिन्।
डाक्टरका अनुसार एंग्जायटी बिमारी एक मानसिक रोग हो। जसले मानिसको मानसिकलाई कमजोर बनाउँदछ।
जब कुनै व्यक्ति यस रोगबाट पिडित हुन्छन् तब उनको मनमा डर हुन्छ कि अब केहीँ नराम्रो हुनेवाला छ। जसले गर्दा मानिस अत्तालिने गर्छन्।