सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

File Photo
File Photo

सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन छ। लघुवित्तले साधारणसभा र २० प्रतिशत लाभांश वितरण प्रयोजनार्थ १४ कात्तिकमा बुक क्लोज गर्दैछ।

यसर्थ, शुक्रबार र शनिबार सेयर कारोबार नहुने हुँदा आज बिहीबार नै कायम सेयरधनीले लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएको हो।

कम्पनीको १०औँ साधारणसभा २८कात्तिकमा बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वरमा बोलाएको छ। सभामा कम्पनीले आर्थिक वर्ष २०७७र०७८ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित एक प्रतिशत नगद गरी कुल एक प्रतिशत लाभांश वितरण गर्दै छ। ९  कात्तिकमा दोस्रो बजारमा आशा लघुवित्तको सेयर प्रतिकित्ता एक हजार ८४० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

प्रकाशित मिति: : 2021-10-28 11:51:00

प्रतिकृया दिनुहोस्