सुनको मूल्य तोलामा ४०० ले बढ्यो, चाँदी स्थिर

File Photo
File Photo

साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ४०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

बिहीबार चाँदीको मूल्य स्थिर छ। बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ। बुधबार पनि सोही मूल्य कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ। 

प्रकाशित मिति: : 2021-10-28 11:15:00

प्रतिकृया दिनुहोस्