अबैध रुपमा अमेरिका पसेर शरणार्थीको रुपमा स्थापित हुने सपना देख्नेहरूकाे कथा

Photo - REUTERS
Photo - REUTERS

अबैध रुपमा सीमा पार गरेर अमेरिका पस्नु र आफूलाई शरणार्थीको रुपमा स्थापित गर्नु संसारका प्रत्येक देशका मान्छेहरुको सपना हो।

हरेक वर्ष करिब दश लाख मान्छे अबैध रुपमा छिर्ने यो प्रक्रिया अमेरिकी राजनीतिको लागि 'हटकेक' पनि हो। जस्तै नेपालको राजनीतिमा भारत। यस्ता अबैध आप्रवासीहरुलाई रोक्न अमेरिकी सरकारले र सीमा पार गराउन मानव तस्करहरुको सञ्जालले गरेको खर्च जम्मा गर्ने हो भने यो पृथ्बीका कोही पनि भोको र नाङ्गो रहने थिएनन भन्ने अध्यागमन कानुनका ज्ञाता मिका रोसेन्बर्गको दाबी छ।

उनी भन्छिन,'अमेरिकाको सपनामा आफ्नो ज्यान गुमाउनेहरुको सपनालाई पनि जोड्ने हो भने यसको भावनात्मक मुल्यको कुनै हिसाब किताब नै हुँदैन।'

अहिले पनि अमेरिकाको टेक्सास राज्यको मेकएलन शहर र मेक्सिको रिनोसा शहरस्थित सीमामा हजारौं आप्रवासीहरु अमेरिका छिर्न पाउने आशा मा कष्टपूर्ण दिन काटिरहेका छन्। रोयटर्सका फोटो पत्रकारट्रभीस हर्ट्म्यानले खिचेको तस्वीर आफै बोल्दैन ?

 

प्रकाशित मिति: : 2021-10-27 20:33:00

प्रतिकृया दिनुहोस्