चुमनुब्री गाउँपालिकामा एमाले अधिवेशन भएन

एमालेकाे १०‍औँ महाधिवेशन अन्तर्गत मंगलबार पालिका अधिवेशन भएकाे छ। गोरखाका ११ मध्ये १० पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

सदरमुकाम गोरखा नगरपालिकामा देवीबहादुर बस्नेत अध्यक्ष बनेका छन्। पालुङटार नगरपालिकाको अध्यक्षमा बसन्तकुमार श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरिएको छ। गण्डकी गाउँपालिकामा विष्णु पन्त, सहिद लखनमा बलबहादुर थापा, भीमसेन थापा गाउँपालिकामा सुजन सिंखडा, आरुघाटमा मेनबहादुर अधिकारी अध्यक्ष बने।

सिरान्चोकमा विराज गुरुङ, अजिरकोटमा लिलाबहादुर सुनार, धार्चेमा सुक घले र बारपाक सुलिकोट गाउँपालिकामा हरि बस्नेत अध्यक्ष बनेका छन्।

चुमनुब्री गाउँपालिकामा भने भौगोलिक विकटताका कारण अहिले अधिवेशन गर्ने अवस्था नरहेको एमाले गोरखाका अध्यक्ष प्रेम गुरुङले बताए। सबै पालिकाको कमिटी सर्वसम्मत चयन भएको उनले बताए।

प्रकाशित मिति: : 2021-10-27 07:29:00

प्रतिकृया दिनुहोस्