केरुङमा सामान रोकेर सरकारलाई ‘तर्साउन खोज्दै’ चीन

आयोमेल

काठमाडाैं

अमृत दाहाल

२०७७ भदौमा नेपाली कांग्रेसको एक टोलीले हुम्लामा सीमा अतिक्रमण भएको दाबी गर्दै प्रतिवेदन सार्वजनिक गरेपछि चीन निकै रुष्ट भयो। नेपालस्थित चिनियाँ दूतावासले कांग्रेसलाई पत्र लेखेरै विरोध जनायो।

त्यसको एक वर्षसम्म नेपाल–चीन सीमा विवाद त्यति चर्चामा आएन। तर शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्ययन समिति बनाएपछि यो विवाद पुनः ब्युँतियो। गत भदौ १६ को मन्त्रिपरिषद् बैठकले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा देखिएका समस्या अध्ययन गर्न समिति गठन गर्‍यो। समितिले स्थलगत अध्ययन गरेर सरकारलाई रिपोर्ट पनि बुझाइसकेको छ। तर रिपोर्ट सार्वजनिक भएको छैन।

उक्त समिति गठनपछि चीनले पुनः विरोध जनायो र दुई देशबीचको सीमा सन् १९६० को दशकयता विवादरहित रहेको दाबी गर्‍यो।

नेपाली कांग्रेससँग रुष्ट चिनियाँ दूतावासको सक्रियता अहिले कांग्रेसनेतृत्वकाे सरकार भएका बेला तुलनात्मक रुपमा निकै कम छ, जति नेकपाको एकता जोगाउन राजदूत हाउ यान्छी सक्रिय थिइन्। त्यतिखेर उनले राष्ट्रपति, प्रधानमन्त्री, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाललाई भेटेर नेकपा एकतालाई जोगाउने असफल प्रयास गरेकी थिइन्।

प्रकाशित मिति: : 2021-10-26 15:02:00

प्रतिकृया दिनुहोस्