‘चोकतिर केटा हो... चोकतिर’ ले बदलेको मानबहादुरको जिन्दगी

सेतोपाटी

काठमाडौँ

गत असारको दोस्रो साता चितवनको गड्यौलीबाट एक युवती अपहरणमा परेको खबर फैलियो। हराएको नौ दिनपछि गाउँदेखि माथिको जंगलमा उनको शव फेला पर्‍यो। अपहरणमा परेको जानकारी दिँदा पनि प्रहरीले खोजी नगर्दा युवतीको हत्या भएको दाबी गर्दै गड्यौलीबासी आन्दोलित बने।

महिला अधिकारकर्मी ‘जस्टिस फर सुजिता भण्डारी’ भन्दै गड्यौली पुगेर आन्दोलनकारीलाई प्रोत्साहन गर्न थाले। सामाजिक सञ्जालमा पनि प्रशासनको बिरोध बढ्दै गयो। अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले कर्फ्यू नै लगाउनुपर्‍यो। तर युवतीको हत्या भएको कुनै प्रमाण भेटिएन। आत्महत्या दुरुत्साहनतर्फ मुद्दा मोडियो।

यो घटनाले गड्यौली चर्चामा त आयो तर नामभन्दा बदनाम बढी कमायो। गड्यौलीबासीलाई स्तब्ध बनायो। त्यही गड्यौली फेरि एक पटक सामाजिक सञ्जालमा खुब चर्चामा छ। यस पटक भने गाउँका एक सामान्य युवकको बोलीले गड्यौली चर्चामा छ, जसले यहाँका स्थानीयलाई असाध्यै खुसी बनाएको छ। 

प्रकाशित मिति: : 2021-10-25 12:40:00

प्रतिकृया दिनुहोस्