कोरोनाभाईरसको नयाँ स्वरुप डेल्टा प्लस अन्य भेरिअन्टभन्दा झन् चाँडो फैलिन सक्ने

File Photo
File Photo

कोरोनाभाईरसको नयाँ स्वरुप डेल्टा प्लस अर्को स्वरुप डेल्टा भेरिअन्टभन्दा झन चाँडो फैलन सक्ने बेलायतका विज्ञहरुले साबधानी दर्शाएका छन्। बेलायतको स्वास्थ्य सुरक्षा निकाय यूकेएचएसएले नयाँ स्वरुपको कोभिडलाई अनुसन्धानको क्रममा रहेको भेरिअन्टको रुपमा वर्गीकरण गर्दै यस्तो साबधानी दर्शाएको हो।

पछिल्लो समयमा बेलायतमा डेल्टा प्लसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ। एक तथ्यांकअनुसार बेलायतमा पछिल्लो पटक भेटिएका कूल संक्रमितमध्ये ६ प्रतिशत कोभिड डेल्टा प्लसबाट प्रभावित छन्।

डेल्टा भेरिअन्टको तुलनामा डेल्टा प्लस संक्रमणको दर बढी हुन सक्ने केही प्रारम्भिक प्रमाण भेटिएको जनाइएको छ । बेलायतमा दैनिक ५० हजार भन्दाबढीमा कोभिड संक्रमण देखिएको छ। नयाँ स्वरुपको भाईरस व्यापक रूपमा फैलिन सक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन्।

अहिले विश्वभर कोरोना भाइरसका अनगिन्ति भेरिअन्टहरू देखा परिरहेका छन्। भाइरस परिवर्तन भइरहने भएकोले नयाँ भेरिअन्ट देखिनु अनौठो भएको विज्ञहरु बताउछन्।     
 

प्रकाशित मिति: : 2021-10-24 11:09:00

प्रतिकृया दिनुहोस्