अधिकाशं जसो मानिस नयाँ कपडा किन्ने शोख हुन्छ। सबैभन्दा आकर्षित देखिन चाहान्छन्। जुन सामान्य कुरा हो। तर यो चाडपर्वका समयमा मानिसले धेरै कपडाहरु किन्ने गर्छन्।
जुन कपडा आफनो लागि फिट हुनछ, त्यसैमा मानिसको नजर जान्छ। तर कपडा किन्दा कस्ता कपडा किन्ने त? आउनुहोस् कुरा गरौँ तिहारका लागि फिट हुने कपडाबारे।
प्रिन्टेड कुर्ती
यो जिन्स प्यान्टसँग लगाउँदा राम्रो देखिन्छ भने इच्छाअनुसार चुरिदार, पटियाला, लेगिंसमा पनि लाउन मिल्छ।
प्लाजो सेट
यो कपडा एकदमै फराकिलो हुन्छ। जसकारण यो कपडा लगाएका मानिसले आफुलाई सहज महसुस गर्छन्।
पटियाला कुर्ती सेट
पटियाला कुर्ती सेट लगाउँदा सहज र हेर्दा क्लासिक देखिनाले प्रायः घर सम्हालिरहेका महिलाको रोजाइमा बढी पर्ने व्यापारीहरूको अनुभव छ। हिँड्दा र काम गर्दा सजिलो हुनुका साथै यो कुर्ती हेर्दा निकै राम्रो देखिन्छ।
सरारा कुर्ती
तल्लो भाग मात्र हेर्दा यो कुनै लेहेंगा भन्दा कम देखिँदैन। घुँडाभन्दा हलुका तलदेखि यसको सुरूवाल बेल बटम जिन्सको जस्तै हुन्छ। सेटमा प्रायः सल हुन्छ। तर नलाए पनि राम्रो देखिन्छ।