बलिउड अभिनेता रितेश देशमुखले टिकटक बन्द भएपछि आफूलाई बेरोजगार महसुस भएको बताएका छन्।
इन्डियामा टिकटक हटेपछि आफू बेरोजगार भएको महसुस गरेको उनले एक इन्टरव्यूमार्फत बताएका हुन्।
रितेश भनेका छन्, ‘यो लकडाउनको समय सुरु भएको थियो, जब मानिस समस्याबाट गुज्रिरहेका थिए, त्यसै हामीले सोचौँ, सबैलाई हास्नका लागि एक कारण दिऔँ, त्यसैले हामीले आफनै मजाक उडाउन थाल्यौँ, यसैगरी हामीले टिकटक भिडियो बनाउन थाल्यौँ, तर जब टिकटक बन्द भयो तब यस्तो महसुस भयो कि म बेरोजगार भए, यस्तो लाग्थ्यो भगवान अब म के गरु, जे काम थियो त्यो त गयो, तर पछि इन्स्टाग्राम आयो।’