सलमान खानले ‘होस्ट’ गरिरहेको विवादित रियालिटी शो ‘बिग बोसः १५’ ले लगातार चर्चा पाइरहेको छ। चर्चित शोमा त्यस्ता केहीँ सदस्यहरु छन्, जो कम समयमै सलमान र मेकर्शका लागि ‘फेवरेट’ बनिसकेका छन्। जहाँ उनीहरुलाई सलमानसहित मेकर्शले सर्पाट गरिरहेका छन्। त्यसैले आउनुहोस् जानौँ ती सदस्यबारे।
१. तेजस्वी प्रकाश
तेजस्वी प्रकाश शोकी त्यस्तो सदस्य हुन्। जो दर्शकहरुका अगाटि लोकप्रिय छिन्। उनी शोमा समेत कम झगडा गर्ने सदस्य हुन्र जब उनी बिग बोसलाई ‘बेबी’ भनेर बोलाउछिन् मेकश खुशी हुने गर्छन्। जहाँ सलमानले पनि उनको तारिफ गर्छन्।
२. जय भानुशाली
यो लिस्टमा दोस्रो नाम हो, जय भानुशाली। जसलाई मेकर्शसहित सलमानले साथ दिएको छ। यसको कारण हो, ‘बिग बोस १५’ बमे प्रारम्भमा स्वयंम सलमानले नै जयलाई घरभित्र लगेका थिए।
३. करण कुन्द्रा
करण कुन्द्रा भारउितय टेलिभिजनका लोकप्रिय अभिनेता हुन्। उनलाई सलमान खानले अहिलेसम्म ‘वीकेन्डका वार मेँ’ गाली गरेका छैनन्। मेकर्शले उनलाई टीवीमा देखाइरहेका छन्। जुन उनको लागि फाइदाको कुरा हो। रर्पिोटका अनुसार उनी पूर्वप्रेमिका अनुषा दान्डेकर पनि शोमा आउनेवाली छन्।
४. विशाल कोटियान
शोको सुरुवातीमा विशाललाई दर्शकहरुले त्यति धेरै चासो दिएको थिएन। तर समय बित्दै गर्दा उनको क्रियाकलापका कारण उनी शोमा आफनो ठाउँ बनाउन सफल भए। सलमान खानसमेत उनको तारिफ गरेर थाक्दैनन्। विशाल प्राय क्यामरामा कुरा गरेको देखिन्छन्।
५. शमिता शेट्टी
शिल्पा शेट्टीकी बहिनी शमिता शेट्टी पनि सलमान खानका लागि फेवरेट सदस्य हुन्। जब पन्जाबकी गायिका अफसाना खानले शमितालाई नराम्रो शब्द बोलिन्। तब सलमानले शमिताको सर्पोट गर्दे अफसानालाई गाली गरेका थिए।